PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

२७ दिनमा विपद्का घटनामा ४९ जनाले ज्यान गुमाए,  एक जना बेपत्ता



पहिलोपोस्ट

 २७ दिनमा विपद्का घटनामा ४९ जनाले ज्यान गुमाए,  एक जना  बेपत्ता

काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरस्थित बाँध नजिकै शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको मृत्यु भयो।

घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेका थिए। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको थियो।

बाढी पहिरो लगायत विपद्मा दैनिक मानिसले ज्यान गुमाउनुपरेको छ। झन् वर्खायाम सुरु भएपछि बाढी पहिरो लगायत विपद्मा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्ने गरेको छ। जेठ महिनाको २७ दिनमा मात्र विपद्मा परेर ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जेठ १ गतेदेखि २७ गतेसम्म ४९ जना मानिसको मृत्यु भएको हो। त्यस्तै ७१ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन्। सोही अवधिमा १ सय १६ वटा घरमा क्षति पुगेको छ। ४३ जना मानिस विस्थापित भएको प्रहरीको रेकर्डमा देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell