PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

सम्पत्ति शुद्धिकरण मुद्दामा बयान दिन पुगे गान्धी, कार्यालय बाहिर नारा : राहुल झुकेका नही



पहिलोपोस्ट

सम्पत्ति शुद्धिकरण मुद्दामा बयान दिन पुगे गान्धी, कार्यालय बाहिर नारा : राहुल झुकेका नही
Photo : India news

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी अहिले इन्फोर्समेन्ट डायरेक्टर (इडी) कार्यालय पुगेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा उनी बयान दिन कार्यालय पुगेका हुन्।

कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पनि बयानका लागि बोलाइएको थियो। तर,  कोरोना भाइरसबाट संक्रमित भएपछि सोनिया हाल अस्पतालमा छिन्। उनले इडीमा उपस्थित हुन ३ हप्ताको समय मागेकी छिन्।

राहुल इडी कार्यालय पुग्दा कांग्रेस कार्यकर्ताहरुले बाहिर प्रदर्शन गरिरहेका छन्। अहिले राहुल गान्धीसँग सोधपुछ भइरहेको छ।

 

सत्तारुढ भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले राहुल र सोनियाविरुद्ध यो मुद्दा दर्ता गराएका थिए। स्वामीले सरकारी कोषको प्रयोग गरि नेश्नल हेरल्डलाई सहयोग गरेको आरोप लगाएका छ्न।

कांग्रेसले यो मुद्दालाई राजनीतिक प्रतिशोधका रुपमा दाबी गर्दै आएको छ। दिल्लीमा कांग्रेस कार्यकर्ताले ‘गान्धी झुकेगा नही’ लगायतका नारा लेखेर ब्यानर टाँसेका छन्। प्रहरीले प्रदर्शनमा उत्रेका कांग्रेस नेता कार्यकर्तालाई पक्राउ समेत गरेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell