PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री



पहिलोपोस्ट

प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री

काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को विदेशमा प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको छ। आगामी भदौ १० गतेबाट प्रदर्शन हुने फिल्मको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मुल्यमा विदेश अधिकार बिक्री गरिएको निर्देशक दिनेश राउतले जानकारी दिए।  तर रकमबारे भने राउतले केही खुलाउन चाहेनन्।

फिल्मको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको निर्देशक राउतको भनाई छ। नेपालमा रिलिज भएकै मितिमा विदेशमा पनि फिल्म प्रदर्शन हुने बताइएको छ।

फिल्मले गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मको छायाङ्कन जुम्लामा गरिएको थियो। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदिपका साथै रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell