PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल



पहिलोपोस्ट

 चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका र तेस्रोमा भारत हो। चीनमा २९.९ मिलियन मेट्रिक टन, भारतले १३.३ मिलियन मेट्रिक टन मल उत्पादन गर्छ। त्यो मल बेच्नको लागि हो। हामीले पैसा तितेर किसानलाई चाहिएको मल पनि ल्याउन नसक्ने? त्यति क्षमता पनि छैन अहिलेको गठबन्धन सरकारको?’

यो सत्ता पक्षका सांसदहरुको मात्रै आवाज नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनता र नेपाली किसानको आवाज भएको बताए। उनले यसलाई सामान्य रुपमा नलिन सरकारलाई आग्रह समेत गरेका छन्।

‘हामीसँग पैसा छ मेरो किसानलाई मल चाहियो भनेर चाइनासँग त्यही पर गएर किन्न नसक्ने? त्यहीँ इन्डिया गएर मल ल्याएर आउने क्षमता पनि छैन हाम्रो सरकारसँग? यो बढो लज्जास्पद स्थिति हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell