PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

स्थानीय निर्वाचन सकिएको एक महिनापछि एमालेले चुनावी समीक्षा गर्दै, च्यासलमा सचिवालय बैठक



पहिलोपोस्ट

स्थानीय निर्वाचन सकिएको एक महिनापछि एमालेले चुनावी समीक्षा गर्दै, च्यासलमा सचिवालय बैठक

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न बैठक बसेको हो।

बैठकको एजेन्डा तय गर्न एमालेको केन्द्रीय कार्यालयको बैठक आइतवार बसेको थियो। आइतवारको बैठकमा चुनावी समीक्षा र विभागको पूर्णताका बारेमा छलफल भएको सचिव पद्मा अर्यालले बताएकी थिइन्।

सचिवालय बैठकमा चुनावी समीक्षा भइरहेको एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। स्थानीय तह निर्वाचन सकिएको एक महिनापछि एमालेले चुनावी नतिजाबारे समीक्षा गर्न लागेको हो।

मत गणनाको प्रारम्भिक नतिजाका बेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाधली भएको आरोप लगाएका थिए। तर,त्यसपछि बसेको संसदीय दलको बैठकमा ओलीले पार्टी अन्तर्घातका कारण हारेको बताएका थिए।

एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको अनुशासन विपरित काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो। अध्यक्ष ओली र पार्टीको नीति विपरित सार्वजनिक रुपमा आलोचना गरेको भन्दै भुसाललाई कारबाहीको सिफारिस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell