PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

संसद् बैठक आधा घण्टाका लागि स्थगित



पहिलोपोस्ट

संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएका थिए।

सांसदहरुले एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका पनि खुला गर्न उनीहरुले माग गरेका थिए।         



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell