PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे।

सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिए। पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो।

उनले भने, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नुहुन्छ। सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ। तर, धेरैजसो निर्णयहरु ठिकै भएको छ। यसमा हाम्रो कुनै विरोध छैन। पदाधिकारीहरु सबैले आ-आफ्नो भूमिका पाईरहेका छन।’

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै कांग्रेसले विरोध गरेको थियो नि भन्ने पत्रकारहरुको प्रश्नमाउनले त्यो अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको जवाफ दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell