PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिरिज हारेर पनि इतिहास बनाएको नेपाली क्रिकेट टोली जब नाच्न थाल्यो

सिरिज हारेर पनि इतिहास बनाएको नेपाली क्रिकेट टोली जब नाच्न थाल्यो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: सोमबार नेपाल र भारतबीच जारी स्ट्यान्डिङ क्रिकेटको अन्तिम खेल थियो। नेपाल व्हिलचेयर्स संघको आयोजनामा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले भारतीय टोलीमाथि सनसनीपूर्ण जित निकाल्न सफल भयो।

भलै, नेपालले सिरिज २-१ ले गुमायो, अन्तिम खेलमा भारतलाई हराउँदा पाँच खेलपछि पहिलोपटक भारतमाथि जित निकाल्न सफल भयो। खेलमा संघर्षपूर्ण जित निकालेपछि नेपाली खेलाडीको खुसीको सीमा रहेन। सबै खेलाडी दौडिएर मैदान पसे। करिब पाँच मिनेटसम्म नाचिरहे।

स्ट्यान्डिङ क्रिकेट अर्थात् हामीले समान्य रुपमा हेर्ने क्रिकेटभन्दा केही फरक। फरक क्षमता भएका क्रिकेटरहरुले खेल्ने खेल। सामान्य रुपमा देखिने फरक भनेको सामान्यतय क्रिकेटमा क्रिजमा दुई जना ब्याट्सम्यान हुन्छन्। तर, यसमा भने क्रिजमा दुईदेखि ४ जना ब्याट्सम्यान रहन पाउँछन्। अर्थात दौडन सक्ने खेलाडीलाई त समस्या भएन, दौडन नसक्ने खेलाडीले अतिरिक्त रनर राख्न पाउने।

विश्वकप छनोट अन्तर्गत नेपालले यूएईमा क्रिकेट खेलिरहँदा स्ट्याण्डिङ क्रिकेटका खेलाडी बंगलादेशमा सिरिज खेलिरहेका थिए। त्यतिबेलाका केही भिडयो क्लिप सामाजिक सञ्जालमा पनि चर्चामा थिए। यसपाला मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतले सिरिज खेले।

दर्शकको संख्या त उल्लेखनीय रहेन तर खेलाडीले देशको नाम राख्न भने सफल भए। आज सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई १ विकेटले हराउँदै जित निकालेको थियो। खेल सकिएपछि नेपाली टोलीका कप्तान आरपी खरेलले भारतसँगको सिरिजको पहिलो खेलमा पनि जितको नजिक पुगेर पराजय ब्यहोरेको सम्झदै ठूलो उपलब्धि हात पारेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell