PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चौँथो मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई, हेटौँडाले उपविजेतामा चित्त बुझायो



पहिलोपोस्ट

चौँथो मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई, हेटौँडाले उपविजेतामा चित्त बुझायो

हेटौँडा : हेटौँडा-५ स्थित पिप्ले रंगशालामा सम्पन्न चौँथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सोमवार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौँडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

आर्मीले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १० लाख हात पारेको छ। प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट हेटौँडाका अशोक बराल भएका छन्।

 

योसँगै मकवानपुर गोल्डकपको उपाधि आर्मीले दोस्रो पटक हात पारेको छ। आर्मीले यसअघि २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो।

आर्मीले तेस्रो मकवानपुर गोल्डकपमा घरेलु टोली मकवानपुर-११ लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो। अघिल्लो पटक फाइनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौँडाले यस पटक पनि उपविजेतामा चित्त बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell