PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

बौद्धको एक गेस्ट हाउसमा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना समातिए, सञ्चालक पनि मतियार



पहिलोपोस्ट

बौद्धको एक गेस्ट हाउसमा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना समातिए, सञ्चालक पनि मतियार

काठमाडौंः एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बौद्धस्थित लुङता गेस्ट हाउसमा शनिबार युवतीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही वाग्मती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन्। शेर्पा भने गेस्ट हाउसका सञ्चालक हुन्। उनलाई मतियारका रुपमा पक्राउ गरिएको हो। 

गएको पुस महिनाको १२ र १३ गते गोंगबु मित्रनगरस्थित बसपार्क नजिकै रहेका होटेलभित्र एक महिला बलात्कृत भएको थियो। नौ जना पुरुषले उनको सामुहिक बलात्कार गरेको कुरा प्रहरीकहाँ पीडित पुगेपछि खुल्यो। जसमा होटेलका सञ्चालक समेत समातिएका थिए। अभियुक्त सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। होटल सञ्चालकलाई ३/३ लाख रुपैयाँ धरौटी लिएर रिहा गरिएको थियो।

तीन जनाले शनिबार दिउँसो गेस्ट हाउसको तेस्रो तल्लामा रहेको कोठामा लगेर पालैपालो जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  जानकारी दिए। घटनापछि उनीहरु फरार रहेका थिए। तत्काल प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पीडितलाई उद्धार गरेको थियो। पीडितकझ प्रसुति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गरी प्रहरीकै संरक्षणमा राखिएको छ। 

पक्राउ परेका चारै जनाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को करणी सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको अनुमति दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell