PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अघोषित लोडसेडिङ भएको भन्दै वीरगंजमा प्रदर्शन



पहिलोपोस्ट

अघोषित लोडसेडिङ भएको भन्दै वीरगंजमा प्रदर्शन

वीरगंजः अघोषित लोडसेडिङको विरुद्ध वीरगंजमा प्रदर्शन भएको छ। वीरगंज पावरहाउस चोकस्थित विद्युत प्राधिकरणको मूल गेटमा प्रदर्शन गरिएको हो।

सोमबार बिहान १० देखि १२ बजेसम्म प्रदर्शन गरिएको हो।

प्रदर्शन टोलीले वीरगंज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासँग समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। झाले जनसरोकारका विषय समाधान हुनेमा प्रतिवद्धता व्यक्त गरेका छन्।

गत वैशाखदेखि वीरगंजमा अघोषित लोडसेडिङ बढेको भन्दै स्थानीय आक्रोशित छन्। वितरण केन्द्रको हटलाइन नम्बर ०५१५२२०५० समेत केही सातादेखि बन्द भएको स्थानीयको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell