PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली, सान्त्वना जितको खोजी



पहिलोपोस्ट

इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली, सान्त्वना जितको खोजी
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्।

एसिया कपको छनोटमा इण्डोनेसियाले समूह 'ए' मा दुई खेल खेल्दा एक जित र एक हार ब्यहोर्दै ३ अंक जोडेर दोस्रो स्थानमा छ। आफ्नो पहिलो खेलमा कुवेतमाथि २-१ गोलको जित निकालेको इन्डोनेसियाले दोस्रो खेलमा जोर्डनसँग १-० गोलको पराजय ब्यहोरेको थियो। नेपालसँगको खेलमा जित निकाल्दै शीर्षस्थानको जोर्डनसँग अंक बराबरी गर्ने योजना इन्डोनेसियाको रहने छ। फिफा वरीयतामा इन्डोनेसिया १५९ औं स्थानमा छ।

समूह 'ए' मा जितविहीन एकमात्र टोली हो नेपाल। पछिल्ला दुई खेलमा पराजय ब्यहोरेको नेपाल आजको खेलमा सान्त्वना जित या बराबरीको प्रयासमा रहने छ। तर, यो सहज भने हुनेछैन। पहिलो खेलमा जोर्डनसँग २-० ले पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतसँग ४-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। नेपाल फिफा वरीयतामा १६८ औं स्थानमा छ।

कुवेतसँगको खेलको क्रममा बेहोस भएर ढलेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रुपमा फर्किइसकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। उनले हाल प्रशिक्षणलाई निरन्तरता दिने र प्रतियोगिता पछि स्वास्थ्य परीक्षणमा जाने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell