PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जमानतमा रिहा भए शक्ति कपुरका छोरा सिद्धान्त



पहिलोपोस्ट

जमानतमा रिहा भए शक्ति कपुरका छोरा सिद्धान्त

लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका अभिनेता सिद्धान्त कपुर जमानतमा रिहा भएका छन्।  पक्राउ परेका उनले २४ घन्टामा  जमानत पाएका हुन्।

अभिनेता शक्ति कपुरका छोरा र श्रद्धा कपुरका भाई सिद्धान्तमाथि पार्टीमा ड्रग्स सेवन गरेको आरोप लागेको छ। बैंगलोर प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा आइतवार राति छापा मारेको थियो। पार्टीमा करिब ३५ जना सहभागी थिए। छापा मारिएपछि सबैको स्वास्थ्य परीक्षण गरिएको थियो। सिद्धान्तसहित पाँच जनाको परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

समाचार एजेन्सी एएनआईका अनुसार सिद्धान्तसहित पाँच जनालाई जमानतमा रिहा गरिएको छ। ‘उनीहरूलाई धरौटीमा रिहा गरेका हौं। तर जब हामी उनीहरूलाई बोलाउछौँ उनीहरूले उपस्थित हुनुपर्नेछ। सिद्धान्त कपुरको स्वास्थ्य परीक्षणमा लागूऔषध सेवन गरेको पाइएको छ। हामीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौं’ डीसीपी पूर्वी बैंगलोर भीमा शंकर गुलेदले भनेका छन्।

बलिउड अभिनेता शक्ति कपुरका सिद्धान्तले आफ्नो करियरको सुरुवात सन् १९९७ मा रिलिज भएको फिल्म 'जुड्वा' बाट गरेका थिए। सिद्धान्तले ‘सुटआउट एट वडाला’, ‘हसीना पारकर’, ‘चेहरे’ र ‘जज्बा’ जस्ता फिल्ममा काम गरिसकेका छन्। यसबाहेक उनी हालै क्राइम थ्रिलर वेब सिरिज ‘भौकाल’ मा पनि देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell