बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई उनकै घरमा गएर हातपात गरेको अभियोगमा राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
मंगलवार बिहान ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै पसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको बताइएको छ।