PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

पाटनमा प्रदर्शनमा राखियो मल्ल राजाको सिंहासन

पाटनमा प्रदर्शनमा राखियो मल्ल राजाको सिंहासन

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : हरेक वर्ष 'ज्या पुन्ही' (जेष्ठ शुक्ल पूर्णिमा)का दिन पाटन दरबार क्षेत्रमा बिहानैदेखि विशेष चहलपहल हुनेगर्छ। मानिसहरु कृष्ण मन्दिर अगाडि मल्ल राजा श्रीनिवास मल्लको सिंहासन हेर्न पुग्छन्।

यस्तै, सिद्धिनरसिंह मल्लको शासनकालमा बनेको पौभा चित्रमा आज  प्रदर्शनमा राखिएको छ। ती पौभामा सिद्धिनरसिंहका भजन लेखिएको स्थानीय बताउँछन्। आज उनले रचेका शास्त्रीय संगीत सुन्न मंगलबजारमा धेरै मानिस पुग्छन्।

'ज्या पुन्ही' मा सिद्धिनरसिंह मल्लले लेखेका 'मेघ मल्हार' (मेघराग) सहित ४०० वर्ष अघि सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि प्रस्तुत गर्ने गरिन्छ। 'मेघ मल्हार' गाउँदा पानी पर्ने जनविश्वास रहेको छ।

सिद्धिनरसिंहले वर्षकै सबै भन्दा लामो दिनका रुपमा लिइने 'ज्या पुन्ही' को अवसरमा पाटनको कार्तिक डबलीमा दाफा भजनसहित शास्त्रीय संगीत महोत्सव आयोजना गर्ने परम्पराको सुरुवात गरेको स्थानीय बताउँछन्।

अरु दिन भने सिंहासन र पौभा पाटन दरबारभित्र सुरक्षित तरिकाले राखिने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell