PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना



रासस

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
फाइल फोटो।

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  विभागका अनुसार प्रदेश नम्बर १, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, वाग्मती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश नम्बर १ का धेरै, मधेश, वाग्मती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १ तथा मधेश प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १, मधेश, वाग्मती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले औँल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell