PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कति कमायो फिल्म 'कबड्डी' को चौथो सिरिजले?



पहिलोपोस्ट

कति कमायो फिल्म 'कबड्डी' को चौथो सिरिजले?

काठमाडौं: फिल्म ‘कबड्‌डी’ को चौथो सिरिजले नयाँ रेकर्ड कायम गरिरहेको छ। ‘कबड्डी ४ -द फाइनल म्याच’ नेपालकै सबैभन्दा बढि कमाउने फिल्म बनेको हो।

आइतवारसम्मको ग्रस कलेक्सन हेर्दा फिल्मले २१ करोड २५ लाखको व्यापार गरिसकेको फिल्मका वितरक गोविन्द शाहीले जानकारी दिए।

‘कबड्डी ४ नेपालकै सबैभन्दा बढी कमाउने फिल्म हो। फिल्मले आइतवारसम्म बक्सअफिसमा २१ करोड २५ लाख रुपैयाँ कलेक्सन गरिरहेको छ। तर, सोमवारको भने विवरण आउन बाँकी नै छ। तेस्रो सातामा पनि फिल्मको शोहरू हाउसफुल नै छन्।’ शाहीले भने।

यसअघि धेरै कमाउने नेपाली फिल्मको सूचीमा दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा ३’ परेको थियो। कबड्डीको चौथो सिरिजले ‘छक्कापञ्जा ३’ को रेकर्डलाई पनि तोडेको हो। छक्का पञ्चा ३ ले करिब २० करोड कमाएको दाबी दीपकले गरेका थिए।

साथै यस फिल्मले नेपाली मात्रै नभई नेपालमा रिलिज भएका हलिउड/बलिउड फिल्महरूको पनि रेकर्ड तोडेको शाहीको दाबी छ। यस फिल्मको कलेक्सनले नेपाली फिल्मको पनि बजार छ भन्ने कुरा देखाएको उनले बताए।

भन्छन्, ‘कबड्डी ४ ले नयाँ किसिमको बिजनेश गरिरहेको छ। यसले नेपालमा पनि ३०/३५ करोड सम्मको बजार रहेछ भन्ने सम्भावना देखाएको छ। फिल्म बनाउन के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा कबड्डी ४ ले सिकाएको छ।’

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको निर्माता मणिराम पोखरेल हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell