PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मिरुना फुर्पा प्रकरण : सिक्किममा कबड्डी ४ को प्रदर्शनमाथि रोक लगाउने मुख्यमन्त्री प्रेम गोलेको घोषणा



पहिलोपोस्ट

मिरुना फुर्पा प्रकरण : सिक्किममा कबड्डी ४ को प्रदर्शनमाथि रोक लगाउने मुख्यमन्त्री प्रेम गोलेको घोषणा

नेपाली फिल्म कबड्डी ४ को प्रदर्शनलाई भारतको सिक्किममा प्रतिबन्ध लगाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले विभिन्न संघसंस्थाहरुको भावनाको कदर गर्दै फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका हुन्।

सिक्किमका बौद्ध भिक्षुहरुले फिल्मको प्रदर्शन रोक लगाउन माग गरेका थिए। केही साता अघि सुन्धरास्थित एक सिनेमा हलमा फुर्पा तामाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फिल्मकी नायिका मिरुना मगरले आरोप लगाएकी थिइन्। उनले प्रहरीमा समेत उजुरी दिएपछि फुर्पा पक्राउ परेका थिए। पछि मिरुना र फुर्पाबिच सहमति भए पनि यो मुद्दा सेलाएन।

नेपालमा फिल्मको विरोध भइरहँदा भारतको नेपालभाषी बाहुल्य राज्य सिक्किममा दैनिक फिल्ममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठाएका थिए। उनीहरुले नेपालमा उक्त प्रकरण नटुंगिएसम्म फिल्म प्रदर्शन नगर्ने भनेका थिए। उनीहरुले फिल्म चलाए जे पनि हुन सक्ने भन्दै त्यसको जिम्मेवार आफूहरु नहुने बताएका थिए। सिक्किमका नेपालभाषीहरुले पृथ्वी सिंह ठकुरीलाई कारवाहीको माग समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell