PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

सरकारले खेलाडीहरुको संरक्षणका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने



पहिलोपोस्ट

सरकारले खेलाडीहरुको संरक्षणका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने

काठमाडौं : आगामी आर्थिक वर्षदेखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने भएको छ। मंगलवार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बीमाको व्यवस्था गरेको बताए। मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मानको व्यवस्था पनि गरिएको बताए। उनले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरी खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको बताए।

उनले भने, ‘खेलाडीहरुको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ।’

मन्त्री पौडेलले  खेलकुद र खेलाडीहरुको विकास विद्यालयतहदेखि गर्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell