PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु : श्रीमानले सञ्चालन गरेको होटलमा झुन्डिएको अवस्थामा शव फेला



पहिलोपोस्ट

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु : श्रीमानले सञ्चालन गरेको होटलमा झुन्डिएको अवस्थामा शव फेला

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु भएको छ। तिलोत्तमा-६ की २५ वर्षीया सुविना गिरीको रहस्यमय मृत्यु भएको हो।

गएराति साढे १ बजे श्रीमान सन्जु गिरी आफैँले सञ्चालन गर्दै आएको होटलमा झुन्डिएको अवस्थामा फेला पारेपछि उद्धार गरि उनलाई अस्पतालमा पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।

राति २ बजे मणिग्रामस्थित क्रिमसन अस्पतालमा ल्याउँदा चिकित्सकहरुले सुविनालाई मृत घोषणा गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको डीएसपी केसीले बताए।

मृतककी फुपू क्षमा गिरीले शरीरभरि नीलडाम भएको दाबी गरिन्। आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। अहिले युवतीको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ। मृतकका दुई जना नाबालक छोराछोरी छन्।

यसअघि गत चैत ३० गते राति तिलोत्तमा-२ भेटेनरी लाइनकी २९ वर्षीया अमृता खत्रीको पनि रहस्यमय मृत्यु भएको थियो। माइती पक्षले अमृताको घर परिवारले नै हत्या गरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। उनको अझै पनि अन्त्येष्टि गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell