PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ



पहिलोपोस्ट

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले  उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले मेलम्चीबाट पानी ल्याउन रोक्नु परेको कारणबारे बताएका हुन्। उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी दिएका हुन्।

‘गत असारमा मेलम्ची जलाधारमा आएको बाढी पहिरोको कारण मेलम्ची खानेपानी योजनाको माथिल्लो तटीय क्षेत्रमा करोडौं घन मिटर गेगरान थुप्रिएको छ। उक्त गेगरान वर्षात्को मौसममा लेदोको रुपमा बग्ने सम्भावना रहेको र त्यस्तै किसिमको लेदोको कारण योजनाको हेडवक्र्स पुरिएको र सुरुङमा समेत लेदो पसेको सफा गरी केही समय पानी संचालन गरिएको थियो। अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम र विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा योजना संचालन वर्षा यामसम्मको लागि बन्द गरिएको हो,’ उनले भने।

चौधरीले वर्षायाम सकिने वित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको समेत बताएका छन्। यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन वाग्मतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भइरहेको उनले बताए। मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको समेत जानकारी दिए।

उनले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाईपलाईन सञ्जाल विस्तारको काम भइरहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell