PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सामुदायिक विद्यालयमा ५३ हजार शिक्षक दरवन्दी थप गर्नुपर्ने : संसदमा शिक्षा मन्त्रीको जवाफको पूर्णपाठ



पहिलोपोस्ट

सामुदायिक विद्यालयमा ५३ हजार शिक्षक दरवन्दी थप गर्नुपर्ने : संसदमा शिक्षा मन्त्रीको जवाफको पूर्णपाठ

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरयुक्त शिक्षाको विकास सरकारको प्रमूख प्राथमिकताको क्षेत्र रहेको बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पुर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको समेत बताए।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए। प्रत्येक सामुदायिक विद्यालयमा न्युनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरवन्दी थप गर्नु पर्ने अवस्था रहेको समेत उनले बताए।

पढ्नुस पूर्णपाठ :

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell