PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

संघीय संचरनाबारे अनावश्यक टिप्पणी नगर्न वाग्मती प्रदेशका सभामुख श्रेष्ठको आग्रह



पहिलोपोस्ट

संघीय संचरनाबारे अनावश्यक टिप्पणी नगर्न वाग्मती प्रदेशका सभामुख श्रेष्ठको आग्रह
Photo : Sanukumar Shrestha / Facebook

काठमाडौं : वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्। मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।

उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताए।

 ‘संसदीय व्यवस्था अहिलेसम्म कार्यान्वयनका सन्दर्भमा, संघीयताको सन्दर्भमा संघीयता सफल छ कि छैन? कार्यान्वयनको तहमा कत्तिको प्रभावकारी छ त भनेर अध्ययन हुन सकेको छैन। हचुवाको भरमा संघीयता फेल भयो,  संघीयता पास भयो भन्ने कुरा होइन, बजेटको कुरादेखि सबैमा प्रभावकारीताको मूल्यांकन गरेर अघि बढ्नुपर्छ’ उनले भने, ‘यसले भोलिका दिनमा आउने पुस्ता र संसदीय व्यवस्थालाई शिक्षाको विषयवस्तु बन्नेछ।’

श्रेष्ठले वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेश सरकारले गरेको कामको समीक्षा गर्ने पनि बताए।

‘हामी वागमती सरकारको तर्फबाट पनि प्रदेशको काम के कति भयो भन्ने बारेमा बजेट सकिएपछि छलफल गर्ने कुरा भएको छ। हामीले गरिरहेको कामहरुको समीक्षा हुन जरुरी छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell