PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी



पहिलोपोस्ट

नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी

बुटवल : जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मंगलवार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुखमा एमालेका रुद्धल यादव विजयी भएका हुन् ‍।

यादवले ७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याए। उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन्। चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्ती कुमारी चौधरीले ६ मत ल्याइन्।

१४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। एमालेले राप्रपासँग गठबन्धन गरेको थियो। गठबन्धनका आधारमा कांग्रेस-माओवादी केन्द्रको बहुमत संख्या ८ पुगेपनि एमालेका उमेदवारले प्रमुख पदमा जितेका हुन्। एक मत बदर भएको छ।

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदी देवी हरिजन विजयी भएकी छन्। महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन्। कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन्।

९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी भएका छन्। चौधरी माओवादी केन्द्रका हुन्। त्यस्तै राप्रपाका मकबुल मिया र कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यबाट विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell