PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फरार रहेका बलात्कारका आरोपित रिब्दीकोटबाट पक्राउ



पहिलोपोस्ट

फरार रहेका बलात्कारका आरोपित रिब्दीकोटबाट पक्राउ

बुटवल : पाल्पामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार आरोपित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रिब्दीकोट गाउँपालिका-१ स्थायी घर भई तानसेन नगरपालिका १४ बस्ने ३९ वर्षीय विष्णु बहादुर विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए।

आरोपित विश्वकर्माले पाल्पाको रैनादेवि छहरा गाउँपालिकाकी १४ वर्षीया बालिकालाई यही जेठ २३ गते रिब्दीकोट गाउँपालिका-२ सानोदमकस्थित जंगलमा बलात्कार गरेर फरार भएको प्रहरीले बताएको छ। पीडित बालिकाकी आमाले यही जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएकी थिइन्।

विश्वकर्मालाई सोमवार राति १० बजे रिब्दीकोट गाउँपालिका-६ स्थित तल्लो तालबाट इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता थापाले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell