PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

धादिङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु



रासस

धादिङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका-३ ईजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका-१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए। उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ।

त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका-९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा ३ क ३४०४ नम्बरको मिनि ट्रक र बा ८२ प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ।

धादिङको निलकण्ठ नगरपालिका-१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका-८ का गणेश श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell