PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ओमन टस जितेर ब्याटिङमा, नेपाली टोलीमा एक परिवर्तन



पहिलोपोस्ट

ओमन टस जितेर ब्याटिङमा, नेपाली टोलीमा एक परिवर्तन
तस्बिर: क्यान

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आजको खेलमा ओमनले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। अमेरिकास्थित पिअरल्याण्डको मूसा स्टेडियममा नेपाल टस हारेर फिल्डिङमा उत्रने भएको हो।

अघिल्लो खेलमा सानदार ब्याटिङ गर्दै घरेलु टोली अमेरिकालाई हराएको ओमनले ब्याटिङ रोजेको हो। जारी सिरिजको नेपाल विरुद्धको पहिलो खेलमा ओमनले १३ रनको जित निकालेको थियो। सिरिजमा नेपालले यसअघि ओमनसँग पराजय ब्यहोर्दा अमेरिकासँगको म्याच टाइ भएको थियो।

पछिल्लो खेलको प्लेइङ ११ बाटा आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ। बलर सुसन भारीको स्थानमा सागर ढकालले स्थान बनाएका छन्।

नेपाली प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान), सागर ढकाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell