PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इण्डोनेसियाविरुद्धको नेपालको सुरुवाती ११ मा कोको?



पहिलोपोस्ट

इण्डोनेसियाविरुद्धको नेपालको सुरुवाती ११ मा कोको?
फाइल फोटो; एनएसजेएफ

काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलका लागि सुरुवाती ११ सार्वजनिकसमेत गरेका छन्।

आजको खेलका लागि प्लेइङ ११ मा दीप कार्की, राजन गुरुङ, शिव गुरुङ, विकास तामाङ, सुमन अर्याल, पुजन उपरकोटी, सन्तोष तामाङ, एरिक बिस्ट, निरकुमार राई, सुनिल बल र जर्जप्रिन्स कार्की रहेका छन्।

आजको टिममा पुजन उपरकोटीले कप्तानी गर्नेछन् भने निरकुमार राई र शिव गुरुङले राष्ट्रिय टोलीमा डेब्यु गर्नेछन्।

एसिया कपको छनोटमा इण्डोनेसियाले समूह 'ए' मा दुई खेल खेल्दा एक जित र एक हार ब्यहोर्दै ३ अंक जोडेर दोस्रो स्थानमा छ। आफ्नो पहिलो खेलमा कुवेतमाथि २-१ गोलको जित निकालेको इन्डोनेसियाले दोस्रो खेलमा जोर्डनसँग १-० गोलको पराजय ब्यहोरेको थियो। नेपालसँगको खेलमा जित निकाल्दै शीर्षस्थानको जोर्डनसँग अंक बराबरी गर्ने योजना इन्डोनेसियाको रहने छ। फिफा वरीयतामा इन्डोनेसिया १५९ औं स्थानमा छ।

समूह 'ए' मा जितविहीन एकमात्र टोली हो नेपाल। पछिल्ला दुई खेलमा पराजय ब्यहोरेको नेपाल आजको खेलमा सान्त्वना जित या बराबरीको प्रयासमा रहने छ। तर, यो सहज भने हुनेछैन। पहिलो खेलमा जोर्डनसँग २-० ले पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतसँग ४-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। नेपाल फिफा वरीयतामा १६८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell