PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

करणले लिए पाँच विकेट, ओमनले नेपाललाई दियो १ सय ६४ रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

करणले लिए पाँच विकेट, ओमनले नेपाललाई दियो १ सय ६४ रनको सामान्य लक्ष्य
तस्बिर; क्यान

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको आज जारी खेलमा ओमनले नेपाललाई १ सय ६४ रनको लक्ष्य दिएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाएको हो।

सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेशन मक्सुदले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५२ रन बनाउँदा सन्दीप गौडले ४७ तथा जतिन्दर सिंहले २३ रन बनाए।

बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले ३ विकेट तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। केसीले ९ ओभर बलिङ गर्दै ३३ रन दिएर ५ विकेट लिएका हुन्। त्यस्तै कसिलो बलिङ गरेका मोहम्मद आदिल आलमले २ मेडन राख्दै १० ओभर बलिङ गरेर २२ रन दिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell