PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

इण्डोनेसियासँग नेपालको लज्जास्पद हार



पहिलोपोस्ट

इण्डोनेसियासँग नेपालको लज्जास्पद हार
Photo: NSJF

काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो। इण्डोनेसियाको जितमा विटन सुलाइम्यानले दोहोरो गोल गर्दा डिमास ड्राजाड, फचर्रुल्दिन आर्यान्तो, सादिल रमदानी, एल्कन बागगोट र मार्सेलिनो फेडरीनामले समान १ गोल गरे।

जितसँगै ६ अंक जोडेको इण्डोनेसियाले सन् २००७ पछि पहिलो पटक एएफसी एसियन कप खेल्ने अवसर पाएको छ भने नेपाल आधिकारिक रुपमा बाहिरिएको छ। नेपालले पहिलो खेलमा जोर्डनसँग २-०, दोस्रो खेलमा कुवेतसँग ४-१ र तेस्रो खेलमा इण्डोनेसियासँग ७-० गोलको हार ब्यहोरेको हो। नेपाली टोलीका डिफेन्डर सुमन अर्याल रेड कार्ड खाँदै बाहिरिँदा टोली १० खेलाडीमा सीमित भएको थियो।

साथै एसिया कपमा छनोट भएका २४ टोलीको टुंगो पनि लागेको छ। दक्षिण एसियाबाट भारतमात्र एसिया कपमा छनोट भएको छ।

यी हुन एसिया कपमा छनोट भएका २४ टिम

अस्ट्रेलिया, जापान, इरान, इराक, कोरिया रिपब्लिक, लेबनन, प्यालेस्टाइन, ओमन, चीन, कतार, यूएई, साउदी अरेबिया, भियतनाम, जोर्डन, सिरिया, उज्बेकिस्तान, भारत, बहराइन्, ताजकिस्तान, थाइल्याण्ड, मलेसिया, कीर्गिज रिपब्लिक, हङकङ र इण्डोनेसिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell