PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

इङ्ग्ल्याण्डमाथि हंगेरीको फराकिलो जित, इटलीलाई जर्मनीले हरायो



पहिलोपोस्ट

इङ्ग्ल्याण्डमाथि हंगेरीको फराकिलो जित, इटलीलाई जर्मनीले हरायो
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत आज राति सम्पन्न समूह 'सी' को खेलमा हंगेरीले इङ्ग्ल्याण्डमाथि फराकिलो जित निकालेको छ। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा हंगेरीले घरेलु टोलीमाथि ४-० गोलअन्तरले जित निकालेको हो।

हंगेरीको जितमा रोल्याण्ड सल्लाईले दोहोरो गोल गर्दा जेडसल्ट नेगी र ड्यानियल ग्याजडगले समान १/१ गोल गरे। सन् २०१४ यता पहिलो पटक इङ्ग्ल्याण्डले लगातार चार खेलमा पराजय ब्यहोरेको हो भने सन् १९२८ यता घरेलु मैदानमा निस्किएको सबैभन्दा खराब नतिजा हो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा जर्मनीले इटलीमाथि जित निकाल्यो। जर्मनीस्थित बोरुसिया पार्क स्टेडीयममा सम्पन्न खेलमा घरेलु टोलीले इटलीमाथि ५-२ गोलअन्तरले जित निकालेको हो।

जर्मनीको जितमा टिमो वेर्नरले दोहोरो गोल गर्दा जोसुवा किममिच, इल्के गुण्डोगन र थोमस मुलरले समान १/१ गोल गरे। इटलीका लागि विलफ्रिएड ग्नोन्टो र अलेसान्ड्रो बास्टोनीले गोल फर्काए।

योसँगै समूह 'सी' मा ४ खेलबाट ७ अंक जोडेको हंगेरी शीर्षस्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको जर्मनी दोस्रो, ५ अंक जोडेको इटली तेस्रो र २ अंक जोडेको इङ्ग्ल्याण्ड पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell