PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् विदा?



प्रकाश भण्डारी

तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् विदा?
फाइल फोटो

काठमाडौं : सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्नेबारेमा सत्तारुढ दलका शीर्ष नेताहरुबिच बधुवार बालुवाटारमा छलफल भएको छ। कांग्रेस,माओवादी र एकीकृत समाजवादीगरि तीन पार्टीका मन्त्रीहरु फेरबदल गर्नेगरी गठबन्धनमा गृहकार्य सुरु भएको नेताहरुको भनाइ छ। 

नेकपा एकीकृत समाजवादीले जेठ २२ गते गरेको निर्णय कार्यान्वयन र नेकपा माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि फिर्ता गर्नेबारेमा शीर्ष नेताहरुबिच छलफल भएको हो। नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि हेरफेर गर्नेबारे देउवाले गृहकार्य गरिरहेको गठबन्धनका एक नेताले बताए। 

यस्तै, प्रतिनिधि सभाबाट बजेट पारित गर्ने विषयमा पनि नेताहरुबिच कुराकानी भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले बालुवाटारको भेटमा सदनको काम कारवाहीबारे छलफल भएको जानकारी दिए। 'सदनको बारेमा छलफल भएको हो,'उनले भने।

नेकपा माओवादी केन्द्रभित्र अर्थमन्त्री जनार्दन शर्माको भूमिकालाई लिएर नेताहरुले प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले करको दर निर्धारणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै शर्माको राजीनामा माग गरेको थियो।

यस्तै, प्रचण्डले उर्जामन्त्री पम्फा भुसाल र शिक्षा मन्त्री देबेन्द्र पौडेललाई मंगलवार आफ्नो निवास खुमलटार बोलाएर मन्त्री हेरफेर गर्नेबारे छलफल गरेका थिए। मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा पनि मन्त्री फेर्नेबारे छलफल भएको एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए। सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको मन्त्री फेर्ने निर्णयलाई प्रतिनिधि सभाबाट बजेट पारित हुन्जेलका लागि रोक्न आग्रह गरेका थिए।

अहिले तीन वटै पार्टीका मन्त्रीहरु एकैसाथ फेर्नेगरी गृहकार्य भइरहेको नेताहरुको भनाइ छ। त्यसका लागि नेताहरुले आन्तरिक गृहकार्य गरिरहेको छन्। माओवादी केन्द्रले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन चाहने मन्त्रीहरुलाई फिर्ता बोलाएर अरु नेताहरुलाई मन्त्री बनाउने तयारी छ। एकीकृत समाजावादीमा मन्त्री फेर्ने विषयमा विवाद भएको थियो। स्वास्थ्य मन्त्री विरोध खतिवडा,शहरी विकास मन्त्री रामकुमारी झाक्री लगायतले तत्काल मन्त्रिपरिषदबाट नहट्ने अडान लिएपछि पार्टीका नेताहरुले मन्त्रीहरुको आलोचना गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell