PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

मुद्रा स्फीति घटेपछि पाकिस्तानका नागरिकलाई मन्त्रीको आग्रह : चिया कम पिउनुस



पहिलोपोस्ट

मुद्रा स्फीति घटेपछि पाकिस्तानका नागरिकलाई मन्त्रीको आग्रह : चिया कम पिउनुस

पाकिस्तानका नागरिकहरुलाई देशको अर्थतन्त्रलाई चलायमान राख्न चियाको मात्रा घटाउन आग्रह गरिएको छ। त्यहाँका वरिष्ठ मन्त्री एसान इक्बालले दिनमा चियाको मात्रा घटाउँदा पाकिस्तानलाई आर्थिक रुपमा फाइदा हुने बताएका हुन्।

पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो। गत वर्ष ६०० मिलियन डलर बराबरको चिया पाकिस्तानले खरिद गरेको थियो।

‘हामीले ऋणमा चिया आयात गरिरहेका छौं। त्यसैले चियाको उपभोग एक-दुई कपले घटाउन म आग्रह गर्छु,’ इक्बालले भनेका छन्।

उनले राति ८ :३० बजेपछि व्यवसायहरु बन्द गर्न सकिने समेत बताएका छन्। यसो गर्दा बिजुलीको प्रयोग घट्ने उनले बताएका छन्।

पाकिस्तानको मुद्रा कमजोर हुँदै गएको बेला मन्त्रीले यस्तो अपील गरेका हुन्। मुद्रा स्फीति घट्दै जाँदा बिलासी वस्तुको आयात रोक्न सरकारलाई दबाब बढ्दो छ।

चियाको मात्रा घटाउन गरिएको आग्रह अहिले पाकिस्तानमा भाइरल भइरहेको छ। सामाजिक संजालमा चिया नपिउँदैमा कसरी देशको आर्थिक अवस्था सुधार हुन्छ भनेर प्रश्न समेत गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell