PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू



पहिलोपोस्ट

‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्।

इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको अग्रवालले बताइन्। फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले भने डिजिटल अडिसन दिने पाउने छैनन्।

डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको प्रस्ट र राम्रो क्वालिटीको डान्स गरेको भिडियो इमेलमा पठाउनुपर्नेछ। भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ। डिजिटल अडिसन असार ७ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell