PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई लगायो प्रतिबन्ध



पहिलोपोस्ट

रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई लगायो प्रतिबन्ध

रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई प्रतिबन्ध लगाएको छ। पाँच जना द गार्डियनका पत्रकारसहित २९ जनालाई रसियाले देश प्रवेशमा प्रतिबन्ध लगाएको रसियाको विदेश मन्त्रालयले जनाएको छ

पश्चिमाहरुले रसियामाथि लगाएको प्रतिबन्धहरू र ‘रसियाबारेमा गलत जानकारी फैलाइएको’ र साथै ‘बेलायती सरकारको रसिया विरोधी कामहरू’को प्रतिक्रिया स्वरुप यो व्यापक प्रतिबन्ध लागू गरिएको मस्कोले बताएको छ।

‘सूचीमा परेका बेलायती पत्रकारहरू रसिया तथा युक्रेन र डोनबासका घटनाबारे जानाजान गलत र एकतर्फी सूचनाको प्रसारमा संलग्न छन्,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

सैन्य व्यक्तित्वहरू, वरिष्ठ एरोस्पेस अधिकारीहरू र सांसदसहित ‘रक्षा मामिलासँग सम्बद्ध’ भनेर वर्णन गरिएका बीस व्यक्तिहरूलाई पनि रसियाले प्रतिबन्ध लगाएको छ।

गार्डियन, बीबीसी, सन्डे टाइम्स, डेली मेल, इन्डिपेन्डेन्ट, डेली टेलिग्राफ, स्काई न्यूज र अन्य धेरै आउटलेटमा कार्यरत बेलायती पत्रकारहरू प्रतिबन्धको सूचमा छन्। टाइम्स, डेली टेलिग्राफ, डेली मेल र इन्डिपेन्डेन्टका प्रधान सम्पादकहरू पनि यो सूचीमा छन्।

रसियाले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि रसियाली तथा विदेशी स्वतन्त्र समाचार आउटलेटहरूका साथै विदेशी सोसल मिडिया नेटवर्कहरूमा अभूतपूर्व रुपमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell