PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

एसपीपीबारे सरकारसँग ज्ञवालीले मागे जवाफ : राष्ट्रसंघबाहेक अरु देशमा नेपाली सेना खट्न हुँदैन



पहिलोपोस्ट

एसपीपीबारे सरकारसँग ज्ञवालीले मागे जवाफ : राष्ट्रसंघबाहेक अरु देशमा नेपाली सेना खट्न हुँदैन

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले अमेरिकाको राज्य साझेदारी कार्यक्रम  (स्टेट पार्टनरसिप प्रोगाम-एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरि कुनै पनि गतिविधि गर्न नहुने धारणा राखेका थिए। उनले उक्त कार्यक्रमबारे सदनलाई स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने उनले बताए। नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असार पार्ने कार्य नगर्न उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell