PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बुद्ध एयरबाट काठमाडौंदेखि जनकपुर जान लागेकी महिलाको झोलामा गोली भेटियो, पक्राउ गरी पर्‍याइयो गौशाला वृत्त



पहिलोपोस्ट

बुद्ध एयरबाट काठमाडौंदेखि जनकपुर जान लागेकी महिलाको झोलामा गोली भेटियो, पक्राउ गरी पर्‍याइयो गौशाला वृत्त

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानमार्फत काठमाडौंबाट जनकपुर जान लागेकी सिंहले ल्याएको झोला ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जानकारी दिएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

गत चैतमा पनि विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको थियो। तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेपाल एयरलाइन्सको उडानदेखि काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell