PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्। गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन्। फिल्ममा अदिती र धिरजका साथै धीरज नाड्कर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्। फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन्।

यो फिल्म आगामी भद‌ौ ३१ गतेबाट नेपालभरका सिनेमा हलमा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell