PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन, यसले अपराध बढायो : कानुनमन्त्री शर्मा



पहिलोपोस्ट

विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन, यसले अपराध बढायो : कानुनमन्त्री शर्मा

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले विवाहका लागि २० वर्षे प्रावधान सच्याउन सरकार तयार रहेको बताएका छन्। आज प्रतिनिधिसभामा कानुन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले यसका लागि अध्ययन सुरु गरिसकेको बताएका हुन्।

विवाहका लागि २० वर्ष कुर्नु पर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले नदेखाउने उनको भनाइ थियो। यो व्यवस्थाले अपराध बढाउने काम भइरहेको उनको दाबी छ।

उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, विवाह गर्न २० वर्ष कुर्नुपर्छ। व्यक्तिगत रुपमा म सदनमा के भन्न चाहन्छु भने विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था चाहीँ कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन। यसले बरु अपराध बढाउने काम भइरा'छ। बाल विवाहको सजाय भइरा'छ। त्यसैले यसमा रिभ्यू गर्नुपर्छ र कानुन मन्त्रालयले यसमा रिभ्यु थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell