PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङदेन



पहिलोपोस्ट

स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्।

‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस्।’

अध्यक्ष लिङदेनले सरकारले राष्ट्रियतालाई फेरि पनि संकटमा पार्ने काम गरेको आरोप समेत लगाएका छ। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) बारे चर्चा गर्दै उनले उक्त सम्झौताको कार्य तत्काल रोक्न  उनले माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell