PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

खेलकुद मन्त्री गहतराजसँगको भेटमा रसियाली समकक्षीले दिए ‘स्पोर्टस डिप्लोमेसी’मा जोड



पहिलोपोस्ट

खेलकुद मन्त्री गहतराजसँगको भेटमा रसियाली समकक्षीले दिए ‘स्पोर्टस डिप्लोमेसी’मा जोड

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको छ। रसियाको औपचारिक भ्रमणको दोस्रो दिन गहतराजले आलेगसँग भेट गरेका हुन्। भेटका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो।

रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले स्पोर्टस डिप्लोमेसीमा जोड दिएका थिए। उनले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेलविज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताएका थिए।

मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान-प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ फलदायी हुनेमा विश्वास व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell