PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव



पहिलोपोस्ट

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव
प्रतीकात्मक तस्बिर : indiatoday.in

भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको निष्कर्ष निकालिएको छ।

मःमः घाँटीमा अड्किएर मृत्यु भएको पहिलो केस रेकर्ड गरिएपछि नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)का चिकित्सा विशेषज्ञहरूले  एक एडभाइजरी जारी गरेका छन्। विज्ञहरूले मःमःको लागि ‘स्वालो विथ केयर’ एडभाइजरी जारी गरेका हुन्।

मःमःको सतह चिल्लो र चिप्लो हुने भएका कारणले यसलाई राम्रोसँग चबाएर खान विज्ञहरुले सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell