PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

रणवीर कपूर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म अलौकिक शक्तिमा आधारित रहेको फिल्मको ट्रेलरबाट थाहा पाउन सकिन्छ।

फिल्म ‘ब्रह्मास्त्र-भाग एक’ को ट्रेलरमा रणवीर कपुर अलौकिक शक्ति भएको पात्रको रूपमा देखिन्छन्। फिल्मले असत्यमाथि सत्यको जीतको लडाइँ प्रस्तुत गर्छ।

करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण गरिएको फिल्मलाई अर्यान मुखर्जीले निर्देशन गरेका हुन्। फिल्ममा रणवीर र आलियाका साथै अमिताभ बच्चन, नागार्जुन, मौनी रायको अभियन रहेको छ। यो फिल्म आगामी ९ सेप्टेम्बर (भदौ २४) मा रिलिज हुने समेत पक्का भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell