PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला



पहिलोपोस्ट

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले सम्झौताको तयारी नभएको बताएका हुन्।

कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि बताए।

बैठकमा अमेरिकी सहायता परियोजना (एमसिसी) सम्झौताबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले नेपालको संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले उक्त सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले उक्त घोषणा सम्झौताको अंग बनेकामा द्विविधामा नपर्न भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell