PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गुल्मीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी



पहिलोपोस्ट

गुल्मीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी

बुटवल : जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ। प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री विजयी भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका भए।

प्रमुखमा विजयी खत्रीले नेकपा (एमाले)का युवराज न्यौपानेलाई ६ मतले पराजित गरेका हुन्। खत्रीले १५ मत ल्याएर विजयी हुँदा एमालेका न्यौपानेले ९ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

दुई नगरपालिका र १० गाउँपालिका गरि कुल १२ स्थानीय तह रहेको गुल्मीमा उपप्रमुखमा विजयी भएका माओवादीका सलामीले पनि एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै पराजित गरेका छन्। सलामीले १५ मत पाउँदा पुनले ९ मत पाइन्।

त्यस्तै, सदस्यहरूमा महेश्वर भण्डारी, शेरबहादुर विक, सुनिता जिसी कुवँर, शेरबहादुर कुँवर, वीरबहादुर कार्की, सावित्रा भण्डारी र निरमाया राना विजयी भएका छन्। जसमा महेश्वर भण्डारीले १४ मत ल्याएका छन् भने अरु सबै सदस्यले १५ मत प्राप्त गरेका छन्।

जिसस गुल्मीमा गठबन्धनका तर्फबाट कांग्रेसले प्रमुख सहित चार, माओवादीले उपप्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एक/एक सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell