PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

हातपात प्रकरणपछि बुटवल पुर्‍याइएकी राज्यमन्त्री वली अस्पताल भर्ना



पहिलोपोस्ट

हातपात प्रकरणपछि बुटवल पुर्‍याइएकी राज्यमन्त्री वली अस्पताल भर्ना

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन्। मन्त्री वली अस्वस्थ भएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले मेडिकल विभागका फिजिसियनहरुले परीक्षण गर्दा राज्यमन्त्री वलीको रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको जानकारी दिए।

दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथी हातपात गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई दाङबाट बुटवल ल्याइएको थियो। मुख्यमन्त्री कूल प्रसाद केसीको आग्रहमा बुटवल ल्याएर मुख्यमन्त्री निवासमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको बुझीएको छ। 

मन्त्री वलीले मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा पुगेर श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरी तोडफोडमा उत्रिएकी थिइन्।

पीडित महिला भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन्। यता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने  स्वास्थ्य राज्यमन्त्री वलीको यस्तो व्यवहार आपत्तिजनक र निन्दनीय भएको उल्लेख गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell