PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

त्रिभुवन विमानस्थलमा यस्तो देखियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास

त्रिभुवन विमानस्थलमा यस्तो देखियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


का‍ठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्‍यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो।

यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन सेफ्टी नेटवर्क डाटाबेसले जनाएको छ। अस्थिर मौसम, कम दृश्यता र हिमाली भूगोल जस्ता अवस्थाहरूले उडानको लागि नेपालमा खतरा सिर्जना गर्ने गरेको छ।

यस्तोमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ। विमान दुर्घटना हुँदा के गर्ने, विमानमा लागेको आगो कसरी निभाउने, सम्भावित घाइतेहरुको कसरी गद्धार गर्ने भनेर पूर्व अभ्यास गरिएको थियो।

सो क्रममा नेपाली सेना / नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरुको टोली तथा अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell