PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सायरी भन्दै मधेश प्रदेशका अर्थमन्त्रीले सुरु गरे बजेट भाषण, प्राथमिकतामा कृषि क्षेत्र



पहिलोपोस्ट

सायरी भन्दै मधेश प्रदेशका अर्थमन्त्रीले सुरु गरे बजेट भाषण, प्राथमिकतामा कृषि क्षेत्र

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेको छ। प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९-८० को लागि बजेट प्रस्तुत गरिरहेका छन्।

सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यादवलाई राजस्व तथा आयव्ययको अनुमान सभामा प्रस्तुत गर्न अनुमति दिएपछि मन्त्री यादवले सुरुमै सर्वज्ञ कवि दुष्चन्दकुमारको पंक्ति हिन्दी भाषामा सुनाए।

‘सिर्फ हंगमा खडा करना, हमरा मक्सद नहीं ,हमारी तो यहं जिद्द है की सुरत बदल्नि चाहिए,’उनले सभामा सुनाए । त्यसपछि  उनले प्रदेशको आयव्यय प्रस्तुत सुरु गरिरहेका छन्।

प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिरहेका अर्थमन्त्री साहले आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको जानकारी दिए। यस्तै, पशु बिमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट विनियोजन गरिएको छ। कृषि ज्ञान केन्द्रलाई ७ करोड २८ लाख बजेट छुट्ट्याइएको छ।

सर्सत र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ। यो अनुदान स्थानीय तहहरूलाई दिइनेछ। स्थानीय तहलाई चालु आर्थिक वर्षमा दिएको अनुदानको खर्च प्रगतिअनुसार दिइने उनले बताए।

यस्तै, मन्त्री साहले प्रदेशमा मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए। मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत साना किसानहरूका लागि १५ करोड विनियोजन गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell