बुटवल : आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्नका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ।
प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरण उठाउँदै नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो। सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने भनेर एमालेले अवरुद्ध गरेपछि बैठक २५ मिनेटलाई स्थगित भएको हो।
बुधबारको बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमनत्रीको जवाफ माग गरेका थिए। त्यसपछि सभामुख पूर्ण बहादुर घर्तिले जवाफका लागि सरकारलाई निर्देशन दिँदै २५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
एमालेले अवरोध गरेपछि सदनमा बजेट प्रस्तुत गर्न केहिबेर ढिलाइ हुने भएको छ।