PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा लागू हुँदैन : मन्त्री खतिवडा



पहिलोपोस्ट

बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा लागू हुँदैन : मन्त्री खतिवडा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन्।

बुधवार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने कुरा कार्यान्वयन नगर्ने बताएका हुन्।

उनले भने, ‘स्वास्थ्य बीमामा कम्पनी लेखिसकिएको भन्ने कुराहरु आयो। त्यसको जिम्मा कसले लिन्छ भनेर त्यसमा मंसिरसम्म यही हुन्छौँ होला? अर्थमन्त्रीको नियतमा भोलि संसद्मा उभिनुहुन्छ सोध्नु होला। म लागू गर्दिनँ। अहिले स्वास्थ्य ऐनले जे भनेको छ, त्यो उद्देश्यले गरिएको हो। त्यही अन्तर्गत जान्छु। अर्थमन्त्रीले होइन भनिसक्नु भयो। यो मैले भनेको कुरा झुटो प्रमाणित भयो भने मंसिरसम्म हामी यहि हुन्छौँ। त्यो बेलामा फेरि सोध्नु होला।’

उनले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अगाडि बढ्ने बताए। निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरीका औषधि बाड्न थालिएको मन्त्री खतिवडाले बताए। उनले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए।

मन्त्री खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरे। उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरु काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरे।

मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए। उनले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप स्टक रहेको बताए। मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्नसमेत चुनौती दिए।

उनले भने, ‘अहिलेसम्म नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको छ। अझै ४६ लाख ४७ हजार डोज खोप सरकारसँग स्टक रहेको छ। २४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिन्छु। चोरको कुरा चोरले नै देख्छ, सर्पको खुट्टा सर्पले नै देख्छ। म झुटो साबित हुन आतुर छु, कृपया यति गर्दिनुहोला।’

मन्त्री खतिवडाले बालबालिकाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए। तर, विश्व स्वास्थ्य संगठनहरुले नेपालले खोप कार्यक्रम राम्रो गरेको भन्दै कोभ्याक्स सुविधा अन्तर्गत ५ देखि ११ वर्ष बच्चाका लागि खोज दिएकाले नल्याएको स्पष्ट पारे। उनले मन्त्रिपरिषद्ले किन्ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell